बिष्णु पौडेलसँग लगनगाँठो कस्दै राधा पोखरेल

अर्थबिट २०८०-०२-३१ ०४:५२:०० बजे

काठमाण्डौ।नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले विवाह गर्ने भएकी छिन् । उनले चन्द्रागिरी–६ निवासी बिष्णु पौडेलसँग यही असार ७ गते बिहीबार लगनगाँठो कस्ने भएकी हुन् । 

गत फागुनमा मन्त्रीस्तरीय निर्णयबाट बिशाल बजार कम्पनी लिमिटेडमा सञ्चालक सदस्यका रुपमा रहेकी पोखरेल पारिवारिक सहमतिमै विवाह बन्धनमा बाँधिन लागेको अर्थबिटसँगको छोटो कुराकानीमा बताइन्। बिष्णु पौडेल भने नेपाल प्रहरीमा प्रहरी निरीक्षकका रुपमा कार्यरत छन् ।

राधा पोखरेल र बिष्णु पौडेलको वैवाहिक कार्यक्रम भने आगामी असार ७ गते बिहीबार रोयल इम्पायर बुटिक होटल बालुवाटारमा आयोजना गरिएको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।