काठमाण्डौ।नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)मा
मोदी ईनर्जी लिमिटेडको साधारण शेयर सूचीकृत भएको छ ।
आज(मंगलबार)मोदी ईनर्जी लिमिटेड(एमईएल)को साधारण शेयर सूचीकरण गरिएको नेप्सेले जानकारी दिएको हो ।
आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र मोदी ईनर्जी लिमिटेड (नेप्से सिम्बोल एमईएल) बीच प्रति शेयर अंकित तथा चुक्ता मूल्य रु.१०० कायम भएको २,९०,००,००० कित्ता साधारण शेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो । कम्पनीले सर्वसाधारण समक्ष सन्राइज क्यापिटल लिमिटेड (धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक) मार्फत साधारण शेयर खुल्ला बिक्री आव्हान गरेको थियो। यसरी सर्वसाधारण लगानीकर्ता शेयरधनीहरु (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दाहरु र कर्मचारीहरु समेत) मा वितरण गरिएको ७२,५०,००० कित्ता (२५ प्रतिशत) र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको २,१७,५०,००० कित्ता (७५ प्रतिशत) शेयर (धितोपत्र) समेत गरी जम्मा २,९०,००,००० कित्ता (१०० प्रतिशत) साधारण शेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम गत असार १५ गतेको निर्णयानुसार स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकरण गरिएको बताइएको छ ।
आज नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र मोदी ईनर्जी लिमिटेड बीच धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो दिनबाट अर्थात् भोलि बुधबार स्टक एक्सचेञ्ज लिमिटेडमा उक्त कम्पनीको धितोपत्रको दोस्रो बजार कारोबार शुरु हुनेछ । भोलिबाट पहिलो कारोबार खुल्न गइरहेको उक्त कम्पनीलाई नेप्सेले न्यूनत रु.९२.५७ देखि रु.२७७.७१ मूल्यसीमा तोकेको छ ।
कम्पनीको प्रधान कार्यालय काठमाण्डौ जिल्ला, डिल्लीबजार रहेको र सूचीकरण पश्चात् दिनुपर्ने आरटीएस सेवा एनएमबि क्यापिटल लिमिटेड, बालुवाटार, काठमाण्डौंबाट हुनेछ ।