काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा हिजो(मंगलबार)रावा इनर्जी डेभलपमेन्ट लिमिटेड र मोदी ईनर्जी लिमिटेडको साधारण शेयर सूचीकरण भएसँगै आजदेखि दोस्रो बजारमा खरिदबिक्री हुने भएको छ ।
मंगलबार रावा इनर्जी डेभलपमेन्ट लिमिटेड र मोदी ईनर्जी लिमिटेडको साधारण शेयर नेप्सेमा सूचीकरण भएको थियो र ती दुवै कम्पनीको शेयर आजदेखि दोस्रो बजारमा खरिदबिक्री गर्न मिल्ने भएको हो ।नेप्सेले पहिलो कारोबारका लागि रावा इनर्जी डेभलपमेन्ट(नेप्से सिम्बोल आरएडब्लुए) लिमिटेडलाई प्रतिकित्ता रु.८३.१० देखि २४९.३० मूल्यसीमा तोकेको छ ।
यसैबीच मोदी ईनर्जी लिमिटेड(एमईएल)को साधारण शेयर सूचीकरण भएसँगै आजबाट पहिलो कारोबार खुल्न गइरहेको उक्त कम्पनीलाई नेप्सेले न्यूनतम प्रतिकित्ता रु.९२.५७ देखि रु.२७७.७१ मूल्यसीमा तोकेको छ ।
उपर्युक्त सीमाभित्र रही दुवै कम्पनीको आज स्पेशल प्रिओपन सेसनमा किनबेच भएमा नियमित कारोबार समयमा उक्त कम्पनीको धितोपत्र कारोबार गर्न मिल्नेछ ।