कांग्रेसले थाल्यो ग्रीन एण्ड क्लिन धरान अभियान

अर्थबिट २०८०-०४-१३ ०९:३८:०० बजे

धरान । नेपाली कांग्रेसले धरानमा ग्रीन एण्ड क्लिन धरान अभियान थालेको छ । ४१ औं वी.पी. स्मृति दिवसको अवसर पारेर शुरु गरेको अभियान धरानको वडा नं. १ र २ मा सम्पन्न भएको छ । 

अभियानमा न्यूनतम् एक घर एक विरुवा रोपरे ग्रीन धरान बनाउन विरुवा वितरण गर्ने गरिएको छ भने सडक सरसफाई, डेङ्गुको लार्भा नष्ट तथा डेङ्गु सम्बन्धी सचेतना पर्चा वितरण समेत सँगसँगै गरेर क्लिन धरान बनाउने कार्य भईरहेको नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ का क्षेत्रीय सभापति सुजेन्द्र तामाङले बताए  । उनले हरेक वडामा घरघरमा गई कम्तीमा एक विरुवा रोप्ने, सडक सरसफाई गर्ने तथा डेङ्गुको लार्भा नष्ट गर्ने कार्य र सचेतनामूलक पर्चा वितरण गर्ने कार्य गरिने बताए । 

पूर्व नगर सभापति किशोर राईले कांग्रेसको यो अभियानवाट जनतामा सकरात्मक सन्देश गएको र नगरवासीहरु खुशी भएको पाईएको बताउंदै यो अभियानले कांग्रेसलाई जनताको घरघरमा पु¥याएको बताए । 

घर कम्पाउण्ड तथा करेसावारीमा रोप्न सकिने तेजपत्ता, अमला, टांकी, धुपी, चिउरी, हर्रावर्रा, कागती, कफी, शिरिस, सिसौं, लप्सी, बकाइनो, पारिजात लगायतका विरुवाहरु घरघरमा उपलब्ध गराइएको कार्यक्रम संयोजक मचिन्द्र राईले बताए । 

कांग्रेसको ग्रीन एण्ड क्लिन धरान अभियान भदौ १० गतेसम्म १ महिना सञ्चालन हुने क्षेत्रीय सचिव एवम् प्रवक्ता केशव पुरीले बताए । 

नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष केशव घिमिरेले अभियान अत्यन्तै राम्रो भएको र एक–दुई सय तेजपत्ताको विरुवा उपलब्ध गराईदिन आग्रह गर्दै आफु पनि घरघरमा विरुवा वितरण गरी अभियानमा जोडिने प्रतिक्रिया दिएका छन् । 

नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिको आयोजनामा सञ्चालित अभियानमा कांग्रेसको कोशी प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, क्षेत्रीय कार्यसमिति, प्रदेशसभा १(१) र १(२) कार्यसमिति, नगर कार्यसमिति, वडा कार्यसमिति र भातृ तथा शुभेच्छुक संघसंस्थाका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । 

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।