सुन्दरीजलदेखि चोभारसम्म र्याफ्टिङ

अर्थबिट २०८०-०५-१४ ०८:०८:०० बजे

काठमाण्डौ ।  वाग्मती नदीलाई स्वच्छ राख्न र वाग्मती सभ्यताको जगेर्ना गर्ने उद्देश्यले सुन्दरीजलदेखि चोभारसम्म र्याफ्टिङ आयोजना गरिने भएको छ ।

जिल्ला समन्वय समिति काठमाण्डौले यही भदौ १६ गते शनिबार र्याफ्टिङ आयोजना गर्न लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । कार्यक्रमले वाग्मती नदीलाई स्वच्छ, सफा र सुन्दर बनाउने, नदीमा प्रदूषण नियन्त्रणका लागि जनचेतना अभिवृद्धि गर्ने, पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने  जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकीले बताउनुभयो ।

काठमाण्डौ जिल्लाका नदी किनारा आसपासका क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि सम्भावनाको खोजी गर्ने, वाग्मती सभ्यतालाई उजागर गर्ने उद्देश्यले काठमाडौँ महानगर र १० वटै नगरपालिकाको सहयोगमा जिल्ला समन्वय समिति काठमाण्डौले र्याफ्टिङ कार्यक्रम आयोजना गर्न लागेको हो ।

गोकर्णेश्वर नगरपालिकाको सुन्दरीजलबाट सुरु हुने र्याफ्टिङ कार्यक्रमलाई नेपाल र्याफ्टिङ एन्ड क्यानोइङ सङ्घ र बागमती प्रदेश र्याफ्टिङ एन्ड क्यानोइङ सङ्घले प्राविधिक सहयोग गरेका छन् । 

पत्रकार सम्मेलनमा नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नरा)का अध्यक्ष शिव अधिकारीले वाग्मतीको सभ्यता र संस्कृतिको संरक्षण प्रवर्द्धनका साथै जल पर्यटन प्रवर्द्धनमा र्याफ्टिङले भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।