काठमाण्डौ । बुद्धभूमि नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडले भविष्यमा निष्काशन गर्ने हकप्रद शेयरको सम्बन्धमा परामर्श सेवासहित निष्काशन हुने हकप्रद शेयरको निष्काशन तथा बिक्री प्रबन्ध गर्ने गरी एनआईसी एशिया क्यापिटल लिमिटेड र बुद्धभूमि नेपाल हाईड्रोपावर कम्पनी लिमिटेड बीच दुई पक्षीय सम्झौता सम्पन्न भएको छ ।
उक्त सम्झौता पत्र बुद्धभूमि नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडको संचालकहरुको उपस्थितिमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शेखर कुमार सुवेदी र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले हस्ताक्षर गर्नु भएको छ ।
उक्त सम्झौता अनुसार क्यापिटलले बुद्धभूमि नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन प्रकृया अगाडि बढाउनको लागि आवश्यक परामर्श सेवा उपलब्ध गराउनुको साथै सम्बन्धित नियमनकारी निकायहरुमा हकप्रद शेयर निष्काशन प्रकृया अगाडि बढाउँदा आवश्यक पर्ने कागजातहरु र अन्य विवरण तयार गर्न सहजीकरण गरी हकप्रद शेयर निष्काशन सम्बन्धी व्यवस्था तथा विवरणहरु तयार गरी नेपाल धितोपत्र बोर्डमा “हकप्रद शेयर निष्काशन सम्बन्धी विवरण–पत्र” स्वीकृतिको लागि पेश गर्ने लगायतका हकप्रद शेयर निष्काशन सम्बन्धी सम्पूर्ण कार्य क्यापिटलले गरिदिने बताइएको छ ।
एनआईसी एशिया क्यापिटलले 'Idea To IPO' सेवा अन्तर्गत प्रा.लि. लाई पब्लिक कम्पनीमा परिणत गरी साधारण शेयर निष्काशन सम्मको कार्य गरिदिने तथा हकप्रद शेयर निष्काशन गर्न चाहने कम्पनीहरुलाई हकप्रद शेयर निष्काशन सम्बन्धमा आवश्यक परामर्श सेवा संचालन गरिरहेको क्यापिटलले जनाएको छ ।