काठमाण्डौ । मिड सोलुहाइड्रोपावर लिमिटेड र एनआईसी एशिया क्यापिटल लिमिटेड बीच शेयर रजिष्ट्रार नियुक्ती गर्ने सम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ ।
उक्त शेयर रजिष्ट्रार सेवा अन्तर्गत मिड सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको संस्थापक समूह तथा सर्वसाधारणमा निष्काशन गरिएको साधारण शेयरहरु सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा दर्ता गर्ने, नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा शेयर काराबारको लागि सूचिकरण गर्ने तथा सर्वसाधारणमा बाँडफाँड भएको साधारण शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिने, कारोवार भएको शेयरहरुको अभिलेख राख्ने, दाखिल खारेज गर्ने, शेयरधनी लगत अध्यावधिक गरी राख्ने लगायतका शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्यहरु आज शुक्रबारदेखि एनआईसी एशिया क्यापिटल लिमिटेड,चौथोतल्ला, ट्रेड टावर नेपाल, थापाथली ११, काठमाण्डौमार्फत हुनेछ ।