मर्सिडिज बेन्जको विद्युतीय सवारी साधन बिक्रीमा उच्च वृद्धि

अर्थबिट २०८०-०६-२४ १४:३६:०० बजे

फ्र्याङ्कफर्ट । जर्मन कार निर्माता कम्पनी मर्सिडिज बेन्जले मङ्गलबार आफ्नो सन् २०२३ को तेस्रो त्रैमासिकमा बिक्रीमा उच्च वृद्धि भएको जनाएको छ ।

त्रैमासिकमा मर्सिडिजका आरामदायी महङ्गा कारका लागि चीन एक महत्वपूर्ण बजार हो । 

कम्पनीले तेस्रो त्रैमासिकमा ६१ हजार ६०० विद्युतीय सवारी साधन (बीइभीएस) बेचेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६६ प्रतिशतले बढी हो र तीन हजार ७०० ईक्यूएस एसयूभी कार बेचेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १६२ प्रतिशतले बढी हो ।

यस वर्षको पहिलो नौ महिनामा मर्सिडिज बेन्जले आफ्नो विद्युतीय कारको बिक्री लगभग दोब्बर बनाएको छ । यद्यपि, समग्र बिक्री तेस्रो त्रैमासिकमा चार प्रतिशतले घटेर पाँच लाख १० हजार ६०० मा झरेको छ ।

तेस्रो त्रैमासिकमा, जी–क्लास र मर्सिडीज–मेबाख, दुवैले नयाँ रेकर्डहरू तोडे । चीनमा यी कारको बिक्री क्रमशः ३५ प्रतिशत र ३० प्रतिशतले बढेको छ । चीनमा मर्सिडिजका कम्पनीको समग्र उत्पादनको बिक्री स्थिर रह्यो ।

मर्सिडीज–बेन्ज एस–क्लास पनि चिनियाँ बजारमा एक प्रमुख विक्री हुने कारका रूपमा रह्यो । एस–क्लासको बिक्रीमा उल्लेखनीय नौ प्रतिशत वृद्धि गरेको छ ।

तेस्रो त्रैमासिकमा एस–क्लासको बिक्रीमा १८ प्रतिशतले विश्वव्यापी गिरावट आए पनि चीनमा भने यसले राम्रो बजार पाएको थियो । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।