दश महिनामा आठ लाख पर्यटक

अर्थबिट २०८०-०७-१६ ०८:५९:०० बजे

काठमाण्डौ ।सन् २०२३ को १० महिनामा आठ लाख नौ हजार छ सय ७८ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार यस वर्षको जनवरीदेखि अक्टोबर महिनासम्म सो सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । 

अक्टोबर महिनामा मात्रै हवाई मार्ग भएर एक लाख १७ हजार तीन सय छ पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०२२ को सोही अवधिमा ८८ हजार पाँच सय ८२ पर्यटक नेपाल भित्रिएका थिए । सन् २०१९ मा एक लाख १३ हजार आठ सय १६ पर्यटक नेपाल आएका थिए ।

अक्टोबरमा सबैभन्दा बढी भारतबाट १८ हजार चार सय ८०, अमेरिकाबाट १४ हजार आठ सय ७९, बेलायतबाट आठ हजार दुई सय १७, चीनबाट छ हजार आठ सय ८०, अष्ट्रेलियाबाट छ हजार ७५, जर्मनीबाट पाँच हजार नौ सय ११, फ्रान्सबाट पाँच जहार दुई सय ७१, बङ्गलादेशबाट चार हजार दुई सय ९२, श्रीलङ्काबाट दुई हजार पाँच सय ७ र इटालीबाट दुई हजार चार सय ६७ पर्यटक नेपाल आएका थिए ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।