काठमाण्डौ । नेको इन्स्योरेन्स लिमिटेड(निल)ले आ.व.२०७९र८० को मुनाफाबाट लाभांश नदिने भएको छ।
कम्पनीको मङ्सिर १८ गते सम्पन्न सञ्चालक समितिको बैठकले आ.व. २०७९र८० को अन्त्यमा कायम रहेको वितरणयोग्य मुनाफा संचित गर्ने र लाभांश वितरण नगर्ने प्रस्ताव सहित वित्तीय विवरण स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पठाउने निर्णय गरेको हो ।
बीमा प्राधिकरणबाट वित्तीय विवरण स्वीकृत भई आए पश्चात् आगामी वार्षिक साधारणसभामा स्वीकृतिका लागि पेश गर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।