के होला त आज शेयर बजार ? (प्राविधिक विश्लेषण)

अर्थबिट २०८०-१०-०३ ०८:५१:०० बजे

काठमाण्डौ । प्राविधिक विश्लेषणका आधारमा बुधबारको शेयर बजार थप वृद्धि हुने आंकलन गर्न सकिन्छ । प्राविधिक विश्लेषणका आधारमा बजारको सम्भावनाहरुका बारेमा अवगत गराउन गइरहेका छौँ । 

मंगलबारको कारोबार :

मंगलबार २१२५.१९ बाट शुरु भएको बजारको तल्लो विन्दू २१२५.११ रहेको थियो जुन दिन बजार ५४.५५ अंक अर्थात २.५७ प्रतिशत विन्दूले बढेर २१७५.१७ विन्दूमा बन्द भएको देखिन्छ । यस दिन कुल ३०४ कम्पनीको २,३३,७०,०५३  कित्ता मार्फत कुल ८ अर्ब २३ करोड रकम बराबरको शेयर कारोबार भएको देखिन्छ ।

क्यान्डल स्टिक प्याट्रन :

मंगलबार बजारले बुलिस क्यान्डल बनाएको छ साथै आइतबारको क्यान्डलको हाइ ब्रेक गरेको र सो भन्दा माथि क्लोजिङ दिएको देखिन्छ । यसको आधारमा हेर्दा बजार आज सकारात्मक हुने देखिन्छ ।

एमएसिडी :

हिजो मंगलबारको बजारले डेलि बेसिसको एमएसिडी इन्डिकेटरमा पोजेटिभ क्रसओभर  कन्फर्म गरेको चार्टमा देख्न सकिन्छ । यो दिन डेलि वेसिसको हिस्टोग्रामको भ्यालु ३.८२ रहेको छ अर्थात यो इन्डिकेटरले बजार सकारात्मकता तर्फ लम्किरहेको देखाउँछ ।

बोलिन्जर व्यान्ड :                                                                      

बोलिन्जर व्यान्डको मध्य भागमा सपोर्ट लिएर अगाडि बढेको बजारले आइतबारको क्यान्डलको हाई ब्रेक गरेको र सो भन्दा माथि क्लोजिङ दिएको देखिन्छ । साथै व्यान्डको अपर तथा लोअर भाग क्रमशः खुल्न थालेको देखिन्छ । जसका आधारमा पनि बजार आज सकारात्मक रहने विश्वास गर्न सकिन्छ ।  

आरएसआइ :

१४ दिने आरएसआइको भ्यालु ७२.२१ रहेको छ जसले बजार सकारात्मक रहेको बताउँछ र थप सकारात्मक हुने अपेक्षा राख्न सकिन्छ । नेप्सेले हिजोको कारोबारबाट आरआएसआइमा डाइभर्जेन्स बनाउन थालेको चार्ट देखिएको छ । तर यो हालसम्म भ्यालिड भएको अवस्था चाहिँ छैन । 

सपोर्ट तथा रेसिस्टेन्सः

हाल २१७५.१७ मा रहेको नेप्सेको नजिकको सपोर्ट लेभल २०६० तथा नजिकको रेसिस्टेन्स लेभल २२४० विन्दूमा रहेको छ ।

निष्कर्ष :

मंगलबारको शेयर बजारको प्राइस एक्सनका आधारमा माथि उल्लेखित विभिन्न इन्डिकेटरहरुबाट हेर्दा बजार सकारात्मक नैरहेको देखिन्छ । यद्यपि आज बुधबार बजारको लय थप सकारात्मक हुने तर आरआएसआइमा डाइभर्जेन्स देखिन थालिएको पनि संकेत गर्दछ । बजार मनोवैज्ञानिक रेसिस्टेन्स २२ सयको नजिक रहेका कारणले बुल वियर बीचमा तीव्र द्वन्द्व देख्न सकिने आंकलन गर्न सकिन्छ ।

नोट : यो प्राविधिक विश्लेषण केबल अध्ययन प्रयोजनका लागि मात्रै प्रकाशन गरिएको हो । यसैका आधारमा शेयर खरिदबिक्री गर्दा हुने जोखिमको जिम्मेवारी स्वयं हुुनुपर्नेछ । स्वविवेकमा लगानी गरौं । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।