संखुवासभा पावर डेभलपमेण्टको आईपीओ निष्काशन हुने,एनआईसी एशिया क्यापिटलले ‘आइडिया टू आईपीओ’ सेवा दिने

अर्थबिट २०८०-१०-२१ १२:५२:०० बजे

काठमाण्डौ । एनआईसी एशिया क्यापिटल र संखुवासभा पावर डेभलपमेण्ट कम्पनी बीच क्यापिटलको ‘आइडिया टू आईपीओ’ सेवा अन्तर्गत संस्थागत परामर्श सेवा, शेयर रजिष्ट्रार सेवासहित निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ । 

एनआईसी एशिया क्यापिटलले ‘आइडिया टू आईपीओ’ सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना कालदेखि आईपीओ जारी गर्ने चरणसम्म पु¥याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आईरहेको छ । सोही सेवा अन्तर्गत काठमाण्डौ महानगरपालिका, पेप्सीकोला, काठमाण्डौमा रजिष्ट्रार कार्यालय रहेको संखुवासभा डेभलपमेण्ट कम्पनीलाई क्यापिटलको  ‘आइडिया टू आईपीओ’ सेवा अन्तर्गत संस्थागत परामर्श सेवा, शेयर रजिष्ट्रार सेवा सहित संखुवासभा पावर डेभलपमेण्ट प्रा.लि.लाई पब्लिक कम्पनीमा परिणत गराई भविष्यमा कम्पनीको प्रबन्धपत्रमा व्यवस्था भए अनुसार प्रचलित कानून बमोजिम सर्वसाधारणहरुमा प्राथमिक शेयर आईपीओ निष्कासन गर्न एनआईसी एशिया क्यापिटल लिमिटेड र संखुवासभा पावर डेभलपमेण्ट कम्पनी बीच निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता पत्रमा निष्काशन तथा बिक्री प्रबन्धकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझी र कम्पनीका तर्फबाट अध्यक्ष सौरभ अर्जयालले हस्ताक्षर गर्नुभएको छ । 

संखुवासभा पावर डेभलपमेण्ट कम्पनीले संखुवासभा जिल्ला स्थित सभाखोलामा दुईवटा जलविद्युत आयोजना निर्माण गर्न लागेको छ । जसमध्ये ९.४१२ मेगावाटको सुपर सभाखोला जलविद्युत आयोजना र ४.१ मेगावटको सुपर सभाखोला साना जलविद्युत आयोजना रहेका छन् । संखुवासभा पावर डेभलपमेण्ट कम्पनीले जारी पूँजीको २५ प्रतिशत शेयर अर्थात रु.१०० अंकित दरका २५,५०,००० कित्ता साधारण शेयर निकट भविष्यमा प्रचलित कानून बमोजिम सर्वसाधारणमा निष्काशन गर्नेछ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।