‘नयाँ अन्तर्राष्ट्रिय विमानस्थल पिपिपी मोडलमा सञ्चालन आवश्यक’

अर्थबिट २०८०-१०-२८ ११:२३:०० बजे

धरान ।  संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सार्वजनिक निजी साझेदारीमा सञ्चालनका लागि अध्ययन समिति गठन गरिएको बताउनुभएको छ । 

शनिबार बेलका नगरपालिकामा आयोजित एक कार्यक्रममा उहाँले १० वर्षमा ३५ लाख विदेशी पर्यटक ल्याउने लक्ष्य पूरा गर्न काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मात्रै नधान्ने भन्दै नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन जरुरी रहेको भन्दै उक्त अध्ययन समिति गठन गरिएको बताउनुभयो । 

सन् २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य पूरा भएको भन्दै उहाँले मुलुकको पर्यटन क्षेत्रको विकासका लागि पर्यटन ऐन परिवर्तन आवश्यक रहेको बताउनुभयो । उहाँले पर्यटन नीतिको मस्यौदा अर्थ मन्त्रालय पठाइसकिएको समेत बताउनुभयो । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।