बुढासुब्बा गोल्डकप : एनआरटीले चुम्यो उपाधि, नगद १० लाख रुपैयाँ हात पार्यो

अर्थबिट २०८०-१२-०३ ०८:०६:०० बजे

धरान । धरानमा जारी २४औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको उपाधि न्युरोड टिम एनआरटीले जितेको छ ।

शनिबार सम्पन्न फाइनल खेलमा मोरङ फुटबल सङ्घलाई २–१ गोलले पराजित गर्दै एनआरटीले उपाधि जितेको हो ।

योसँगै १६ वर्षपछि एनआरटीले बुढासुब्बा गोल्डकपको उपाधि जितेको छ । बुढासुब्बा गोल्डकपको १० औँ संस्करणको उपाधि उचालेको एनआरटीले २४ औँ संस्करणमा आइपुग्दा दोस्रो पटक उपाधि उचालेको हो ।

उपाधि जितेको एनआरटीले रनिङ ट्रफी सहित नगद १० लाख रुपैयाँ हात पारेको छ । पहिलो पटक फाइनलमा पुगेको मोरङ उपविजेतामा चित्त बुझाउँदै नगद ५ लाख रुपैयाँ प्राप्त गर्‍यो ।

एनआरटीको जितमा अफिज अल्वालले सातौँ मिनेटमा र सरोज तामाङले ५१औँ मिनेटमा गोल गर्नुभयो । मोरङका उमेश कार्कीले ४४ औँ मिनेटमा एक गोल गर्नुभएको थियो । उपाधिसँगै एनआरटीले १० लाख र उपविजनेता मोरङले पाँच लाख रुपैयाँ पुरस्कार पायो । 

खेलको सर्वोकृष्ट खेलाडी एनआरटीका सनम लिम्बू घोषित हुँदै नगद १ लाख रुपैयाँ हात पारे । हाइस्कोरर एनआरटी ओफिज ओलावाले र सरोज तामाङसँगै मोरङका उमेश कार्की घोषित हुँदै नगद ३५ हजार रुपैयाँ प्राप्त गरेका थिए ।

यस्तै बेस्ट डिफेन्स मोरङका महेन्द्र कार्की, बेस्ट स्ट्राइकर एनआरटीका शिशिर लेखी, बेस्ट मिडफिल्डर एनआरटीका जय गुरुङ, वेस्ट गोल किपर एनआरटीका पूजन होना, वेस्ट कोच एनआरटीका जीवन सिन्खेमना घोषित हुँदै जनही नगद २५र२५ हजार रुपैयाँ प्राप्त गरे । खेलको म्यान अफ दि म्याच एनआरटीका पदम भट्टराई घोषित हुँदै नगद १० हजार प्राप्त गरे ।

धरान फुटबल क्लबको आयोजनामा फागुन २६ गते देखि सुरु भएको प्रतियोगितामा सहिद स्मारक ए डिभिजन लिग बिजेता चर्च ब्वाइज सहित धरान फुटबल क्लब, भारतीय क्लब युकेएफसी, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब काठमाण्डौ, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा सहित ८ टिमको  सहभागिता रहेको थियो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।