काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा सर्वोत्तम सिमेन्टको शेयर सूचीकृत भएको छ । कम्पनीको शेयर सूचीकृत भएसँगै भोलि मंगलबारदेखि सो कम्पनीको शेयर किनबेच गर्न मिल्नेछ ।
आज सोमबार नेप्सेमा सर्वोत्तम सिमेन्टको प्रति शेयर अंकित मूल्य रु.१०० मा ४ करोड ६५ लाख कित्ता शेयर सूचीकृत भएको हो । सूचीकृत उक्त कम्पनीको शेयर एसएआरबीटीएम कोडबाट दोस्रो बजारमा कारोबार हुनेछ । यसका साथै नेप्सेले सर्वोत्तमको सुरुवाती मूल्य रु.१८५.३६ देखि ५५६.०८ तोकिदिएको जनाएको छ । भोलि स्पेशल प्रि-ओपन सेसनमा निर्धारित रेन्जभित्र सो कम्पनीको पहिलो कारोबार भएमा नियमित सत्रमा शेयर किनबेच गर्न मिल्नेछ ।
कम्पनीको प्रधान कार्यालय काठमाण्डौको तीनकुनेमा अवस्थित रहेको छ । सूचीकरणपश्चात् दिनुपर्ने आरटीएस सेवा भने एनआइएमबी क्यापिटलबाट हुने बताइएको छ ।