स्पेशल प्रि–ओपन सेसनमा सर्वोत्तम सिमेन्टको खुल्यो कारोबार, अब शेयर किनबेच गर्न मिल्ने

अर्थबिट २०८०-१२-०६ १०:१४:०० बजे

कठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमिटेडको स्पेशल प्रि–ओपन सेसनमा पहिलो कारोबार प्रतिकित्ता रु. ५५६ का दरले सम्पन्न भएको छ । नेप्सेका अनुसार स्पेशल प्रिओपन सेसनमा सर्वोत्तम सिमेन्टको प्रतिकित्ता रु.५५६ का दरले कुल रु.६६ हजार ७२० रुपैयाँ कारोबार सम्पन्न भएको हो । 

हिजो सोमबार सर्वोत्तम सिमेन्ट लिमिटेडको अंकित मूल्य रु.१०० मा कुल ४ करोड ६५ लाख कित्ता शेयर सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो दिनबाट अर्थात् आज मंगलबारबाट नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा उक्त कम्पनीको धितोपत्रको दोस्रो बजारमा कारोबार हुन्छ । 

सूचीकृत उक्त कम्पनीको शेयर एसएआरबीटीएम कोडबाट दोस्रो बजारमा कारोबार हुनेछ ।  नेप्सेले सर्वोत्तमको सुरुवाती मूल्य रु.१८५.३६ देखि ५५६.०८ तोकिदिएको जनाएको छ । 

कम्पनीको प्रधान कार्यालय काठमाण्डौको तीनकुनेमा अवस्थित रहेको छ । सूचीकरणपश्चात दिनुपर्ने आरटीएस सेवा भने एनआइएमबी क्यापिटलबाट हुने बताइएको छ ।   

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।