धरान । स्टक ब्रोकर नम्बर ४९ अनलाइन सेक्युरिटिज लि.ले ग्लोबल मनि विक २०२४ का अवसरमा धरानका २ स्थानमा शेयर बजार सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
अनलाइन सेक्युरिटीजले गत चैत्र ५ गते धरानको डिपो आदर्श बहुमुखी क्याम्पसमा स्नातक तहका विद्यार्थी तथा शिक्षक कर्मचारीहरुलाई र
चैत्र ६ गते नेपाल पुलिस स्कुल धरानमा ११ र १२ का विद्यार्थीहरु सहित शिक्षक र कर्मचारीहरु माझ प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकोे हो ।
कार्यक्रममा युवाहरुमा लगानीको महत्व बारे कुरा गर्दै कसरी लगानी गर्ने के मा लगानी गर्ने लगानीको उचित समय तथा लगानीको गुणात्मक वृद्धि कसरी हुन सक्छ भन्ने बारे छलफल भएको थियो ।
उक्त प्रशिक्षण कार्यक्रममा कम्पनीका सीइओ बिशाल कुमार अग्रवाल र
धरानका शाखा प्रमुख सुजन निरौलाले सहजीकरण गरेका थिए । दुवै कार्यक्रममा कुल १०० जनाभन्दा बढीको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रम अनलाइन सेक्युरिटिज लि. धरान शाखाको आयोजनामा सम्पन्न भएको हो ।