चखेवामा हुने महोत्सवमा प्रतिभा पहिचानका लागि कविता प्रतियोगिता हुने, प्रथम हुनेलाई १० हजार पुरस्कार

सरिता योन्जन २०८०-१२-२५ ०९:०१:०० बजे

भोजपुर । नयाँ वर्षको अवसर पारेर बैशाख १ गतेदेखि ३ गतेसम्म टेम्केमैयुङ गाउँपालिकाको प्रायोजन तथा चखेवा बजार तथा सहरीकरण ब्यवस्थापन समितिको आयोजनामा पर्यटकीय स्थल चखेवामा हुन गईरहेको कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सवको अवसरमा कविता प्रतियोगिता हुन लागेको हो ।

गाउँपालिका भित्रका कविहरुको प्रतिभा पहिचान, बिकास र प्रवर्धन गर्ने उद्धेश्यका साथ खुला कविता प्रतियोगिताको आयोजना गरिएको महोत्सव आयोजक संस्थाका अध्यक्ष आइकुमार राईले जानकारी दिए ।

आयोजकका अनुसार कविता मौलिक तथा गद्यलयमा हुनु पर्ने छ भने सहभागिहरुले आगामी चैत्र ३० गते भित्र आफनो कविता पठाई सक्नु पर्ने छ । प्राप्त भएका कविताहरु मध्ये उत्कृष्ठ २५ वटा छनौट गरी महोत्सवको अवसरमा बैशाख २ गते बाचन गरिने छ । गाउँपालिका भित्रको भएको प्रमाणका लागि जम्म दर्ता नभएमा नागरिकता देखाउन सकिने छ ।

प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुने कविलाई क्रमश नगद १० हजार, ७ हजार र ५ हजार सहित प्रमाण पत्र प्रदान गरिने भएको छ । 

महोत्सवमा मुन्दुम पदमार्गको बारेमा समेटिएको बृतचित्र ,स्थानीय कृषि उत्पादन र उद्यमसँग सम्बन्धित स्टल, हस्तकलाबाट निर्मित राडीपाखीहरू , कविता प्रतियोगिता , स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुति, मुन्धुम ट्रेल रेस हुने भएको छ ।

गाउँपालिकाको आयोजना सन् २०२५ लाई मुन्दुम पर्यटकीय बर्षकारुपमा मनाउन लागिएकाले प्रचार प्रसारका लागि समेत गरिएको हो । महोत्सवमा मुन्दुम पदमार्गको बारेमा समेटिएको बृतचित्रसमेत प्रदर्शनी गरिने छ भने स्थानीय अर्गानिक खाद्य उत्सादनका बिभिन्न परिकारहरुको स्वादसमेत लिन सकिने आयोजकका सुचना तथा सञ्चार प्रमुख बिवेक कुलुङले जानकारी दिए ।

गाउँपालिकाको १० लाख र आयोजक पक्षको तीन लाख गरी करिव १३ लाखको लागतमा महोत्सव हुन लागेको हो । करिव ५० हजारले महोत्सवको प्रत्यक्ष अप्रत्यक्ष अवलोकन गर्ने आयोजकको दावी रहेको छ । महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुतिहरु रहने छ ।

गाउँपालिका अध्यक्ष सरोज बस्नेतले पर्यटकीय संभावना बोकेको क्षेत्रहरुको बिकास र प्रचार प्रसारका लागि प्रत्येक बर्ष यस्ता महोत्सवहरुको आयोजना गरिदै लगिने बताए । पालिका भित्र पर्यटकीय गन्तब्य बोकेका धेरै स्थलहरु रहेको बताउँदै अध्यक्ष बस्नेतले आन्तरिक तथा बाह्रय पर्यटन प्रवर्द्धनमा आफुहरु लागि परेको बताए ।

महोत्सव पुग्न इटहरीबाट ७ घण्टामा ९२०० किमी० पार गरेर पुग्न सकिन्छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।