मन्दाकिनी हाइड्रोले हकप्रद निष्काशनका लागि नियुक्त गर्यो बिक्री प्रबन्धक

अर्थबिट २०८१-०९-११ ०७:०९:०० बजे

काठमाण्डौ । मन्दाकिनी हाइड्रोपावर लि.को मिति २०८१ साल मंसिर ७ गते सम्पन्न भएको एघारौं वार्षिक साधारण सभाबाट पारित १ः१.२५ अनुपातमा हकप्रद शेयर निष्कासन गर्नको लागि ग्लोबल आइएमई क्यापिटल लि. लाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

सो सम्बन्धमा गत पौष ८ गते सोमबारका दिन निष्कासन कम्पनीको कार्यालय नक्साल, काठमाण्डौंमा आयोजित एक कार्यक्रममा मन्दाकिनी हाइड्रोपावर लि.को तर्फबाट सञ्चालक समितिका अध्यक्ष शरद कुमार दाहाल र ग्लोबल आइएमई क्यापिटल लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुईटेलले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । 

साधारणसभा पश्चात् अधिकृत पूँजी रु.२ अर्ब तथा जारी पूँजी रु.६४ करोड ६७ लाख (५ प्रतिशत बोनश शेयर पश्चात्) पुगेको यस कम्पनीको केन्द्रीय कार्यालय भाटभटेनी, नक्साल, काठमाण्डौंमा रहेको छ । यस कम्पनीद्वारा प्रबद्र्धित सार्दीखोला जलविद्युत आयोजना कास्की जिल्लाको माछापुच्छ«े गाउँपालिकामा रहेको र आयोजनाबाट ४ मेगावाट बराबरको विद्युतशक्ति २०७४ साल मंसीरदेखि व्यवसायिक रुपमा उत्पादन भई आयोजना पूर्ण रुपमा सञ्चालनमा आएको छ । हकप्रद शेयर जारी गरी कम्पनीले माथिल्लो सार्दिखोला जलविद्युत आयोजना (२.९ मेगावाट) निर्माण गर्ने तथा अन्य जलविद्युत परियोजनामा लगानी गर्ने योजना बनाएको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।