काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लि.(नेप्से) मा २ कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।
बुधबार साहस ऊर्जा लि. र सगरमाथा जलविद्युत् कम्पनी लि.गरी कुल २ कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
साहस ऊर्जा लि.को ८ प्रतिशतले हुन आउने कुल २८ लाख कित्ता र सगरमाथा जलविद्युत् कम्पनी लि.को ४.७५ प्रतिशतले हुन आउने ५ लाख ३२ हजार कित्ता बोनस शेयर सूचीकृत भएको नेप्सेले जानकारी दिएको छ ।