काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लि.(नेप्से) मा ओरियन्टल होटल्स लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ ।
शुक्रबार ओरियन्टल होटल्स लिमिटेडको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
ओरियन्टल होटल्स लिमिटेडको ५ प्रतिशतले हुन आउने कुल ५ लाख ६४ हजार ४५ दशमलव २२ कित्ता बोनस शेयर सूचीकृत भएको नेप्सेले जानकारी दिएको छ ।