न्यादी हाइड्रोको शेयरमा थामिनस्कनु माग

अर्थबिट २०८१-१०-१५ ११:५८:०० बजे

काठमाण्डौ । धितोपत्र बजारमा न्यादी हाइड्रोपावर लिमिटेडको शेयरको माग अत्याधिक बढेको छ ।

नेप्सेमा अहिले कारोबार सत्रमा चलिरहेको बखत न्यादी हाइड्रोपावर लिमिटेडको शेयर खरिद गर्न ११ लाख १८ हजार कित्ता माग भएको हो । प्रतिकित्ता ७०७ रुपैयाँमा खरिद गर्न ११ लाख १८ हजार बढी कित्ता माग गर्दासमेत सो कम्पनीको शेयर बिक्री गर्न लगानीकर्ताहरु चाहिरहेका देखिएनन् ।  अर्थात् कारोबार सत्र चलिरहेका बेला सो कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागि एकैदिन ६४ रुपैयाँले बढिसकेपछि बिक्रीकर्ता भने पाउनै मुश्किल भएको हो । 

नेप्सेमा न्यादी हाइड्रोपावर लिमिटेडको कुल १ करोड ५० लाख कित्ता शेयर सूचीकृत भए तापनि हाल दोस्रो बजारमा उक्त कम्पनीको २७ प्रतिशत अर्थात् ४० लाख ५० हजार कित्ता शेयर रहेको छ ।

कम्पनीको नेटवर्थ प्रति शेयर रु. ६४.२८ र नकारात्मक इपीएस १२.८५ रहेको नेप्सेले जानकारी दिएको छ । 

यो समाचार तयार पार्दासम्म न्यादी हाइड्रोपावर लिमिटेडको ९४ हजार १०७ कित्ता विभिन्न मूल्यमा ६ करोड ६४ लाख बढीको शेयर कारोबार सम्पन्न भएको नेप्सेले जनाएको छ । 

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।