न्यादी हाइड्रोपावरको शेयरमूल्य एकैदिन १२ प्रतिशत बढी बढ्यो, बजारमा थामिनसक्नु माग

अर्थबिट २०८१-१०-२८ ०२:२७:०० बजे

काठमाण्डौ । न्यादी हाइड्रोपावर लि.(एनवाईएडीआई) मा सकारात्मक सर्किट लागेको छ । 

अहिले कारोबार सत्रमा न्यादी हाइड्रोपावर लि. मा हिजोको अन्तिम मूल्यको १० प्रतिशत वृद्धि भई सकारात्मक सर्किट लागेको हो । आइतबार कम्पनीको अन्तिममूल्य ७४० रुपैयाँ थियो तर आज सोमबार कम्पनीको मूल्यमा १० प्रतिशत वृद्धि भई ८१४ रुपैयाँ प्रतिकित्ता कायम हुन पुगेको हो । भर्खरै यो कम्पनीको शेयरभाउ आजकै उच्च मूल्य ८३० रुपैयाँ २० पैसा पुगेको छ । कम्पनीको भाउमा आजै १२.१८ प्रतिशत वृद्धि भई सर्किट लेभलभन्दा माथि कारोबार सम्पन्न भएको छ ।

आइतबार बजार गिरावट भएसँगै उक्त कम्पनीको शेयरमूल्यमा समेत व्यापक गिरावट आएको थियो । प्रतिकित्ता रु.७२८ सम्म कारोबार भएकोमा अन्तिममा रु.७४० मा बन्द हुन पुग्यो । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।