न्यादीको शेयरमूल्यमा विष्फोट, सर्किट ब्रेकर नै तोड्यो

अर्थबिट २०८१-१०-२८ ०४:४७:०० बजे

काठमाण्डौ । न्यादी हाइड्रोपावर लि.(एनवाईएडीआई) मा एकैदिन १२.१८ प्रतिशत बढी मूल्य बढेको छ ।

सोमबार न्यादी हाइड्रोपावर लि. मा हिजोको अन्तिम मूल्य ७४० को १२.१८ प्रतिशत वृद्धि भएको हो । आइतबार कम्पनीको अन्तिममूल्य ७४० रुपैयाँ थियो तर आज सोमबार कम्पनीको मूल्यमा १२.१८ प्रतिशत वृद्धि भई ८३०.२० रुपैयाँ प्रतिकित्ता कायम हुन पुगेको हो । यो कम्पनीको शेयरभाउ आजकै उच्च मूल्य(डे हाई) ८३० रुपैयाँ २० पैसासम्म पुगेर कारोबार भएको छ । कम्पनीको भाउमा आजै १२.१८ प्रतिशत वृद्धि भई सर्किट लेभल(१० प्रतिशत)भन्दा माथि कारोबार सम्पन्न भएको हो।

 

 

सामान्य नियमानुसार कुनै पनि स्टकको मूल्य अघिल्लो दिनको क्लोजिङ्ग मूल्यभन्दा १० प्रतिशत तल वा माथि जान पाउँछ । त्यसपछि सर्किट ब्रेकर लाग्छ ।

खासमा कुनै पनि कम्पनीको शेयर कारोबार भएको छैन भने अथवा मूल्य निर्धारण भएको छैन भने १० प्रतिशतको सर्किट ब्रेकर नलगाई कारोबार गर्न पाउने नियम छ । कुनैबेला नियामक निकायको विशेष आदेश,,अदालतबाट कुनै आदेश आएमा वा लिलामीमा आएका कम्पनीहरुको फर्मेसन गर्नलाई कुनै सर्किट ब्रेकर हुँदैन । तर उपर्युक्त शर्तहरुले समेत समावेश नभईकन न्यादीको १२.१८ प्रतिशतले मूल्य बढ्नु चाहिँ रहस्य बनिरहेको छ ।

आज सोमबार उक्त कम्पनीको विभिन्न मूल्यमा १ लाख ७० हजार ८४० कित्ता १३ करोड ६७ लाख ८ हजार बराबरको कारोबार भएको छ । साथै आजको अन्तिममूल्य प्रतिकित्ता रु.८१४ कायम भएको नेप्सेले जानकारी दिएको छ ।  

आइतबार बजार गिरावट भएसँगै उक्त कम्पनीको शेयरमूल्यमा समेत व्यापक गिरावट आएको थियो । प्रतिकित्ता रु.७२८ सम्म कारोबार भएकोमा अन्तिममा रु.७४० मा बन्द हुन पुगेको थियो । 

यस विषयमा नेप्सेका प्रवक्ता मुराहरि पराजुलीसँग सम्पर्क गर्ने प्रयास सफल हुन सकेन । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।