न्यादीको शेयरमूल्य झार्न गिरोह सक्रिय !

अर्थबिट २०८१-१०-२८ ०८:०२:०० बजे

काठमाण्डौ । पछिल्लो समय नेपाल स्टक एक्सचेन्ज नेप्सेमा न्यादी हाइड्रोपावरको शेयरसम्बन्धी सामाजिक सञ्जालहरुमा केही भ्रामक सूचना फैलाईएको छ। शेयरमूल्य घटाउन र खरिद गर्नैका लागि केही गिरोहहरुले स्थानीय १० प्रतिशत अर्थात् १५ लाख कित्ता शेयर डिम्याट नभएको भन्दै अफवाह फैलाइरहेका हुन् ।

केही गिरोहहरुले शेयरमूल्य झार्नकै निमित्त स्थानीय सेयरधनीका सबै सेयरहरू अझै  डिम्याट नभएको दाबी गरिरहेका छन्, तर वास्तविक तथ्यांक फरक रहेको छ।

न्यादी हाइड्रोपावरको कुल १ करोड ५० लाख कित्ता सेयरमध्येबुटवल पावर कम्पनी(बीपीसीएल) को स्वामित्वमा रहेको ७१.१९ प्रतिशत १ करोड ७ लाख ५१ हजार ४५३ कित्ता जसमा बीओडीबाट राजीनामा दिएपछि एक वर्षसम्म बिक्री गर्न नपाइने प्रतिबन्ध छ । पहिले नै डिम्याट भइसकेको – ३९ लाख ४२ हजार १ सय ९७ कित्ता (२०२५ फेब्रुअरी ७ को सेयरधनी लगत अनुसार) डिम्याट प्रक्रियामा रहेको – ३ लाख ६ हजार ३५० कित्ता यस विवरणअनुसार, स्थानीय सेयरधनीहरूका लागि छुट्याइएका १० प्रतिशत अर्थात् १५ लाख कित्तामध्ये केवल ३ लाख ६ हजार ३५० कित्ता मात्र अझै  डिम्याट प्रक्रियामा छ, जुन सेयरधनीहरूले आफ्ना प्रमाणपत्रहरू अझै  डिम्याट नगरेका कारण हो। स्थानीय बासिन्दालाई आयोजनामा १० प्रतिशत अनिवार्य शेयर आरक्षण दिइनुपर्ने प्रावधान छ । तर कतिपय स्थानीयबासीमा शेयर सचेतना नभएकाले डिम्याट गर्न ढिलाई हुने गर्दछ । उसो त न्यादी मात्रै पहिलो भने होइन । यस्ता थुप्रै हाइड्रोका शेयर जानकारी तथा सूचनाको कारणले डिम्याट हुन समय लाग्ने गर्दछ । 

न्यादीको स्वामित्व कसको कति छ ?

न्यादी हाइड्रोपावर लि.को नेप्सेमा कुल १ करोड ५० लाख कित्ता शेयर सूचीकृत छ । हाल संस्थापकहरुको समेत लकइन अवधि खुलिसकेको हुनाले सबै शेयर कारोबारयोग्य मानिन्छन् । यद्यपि बुटवल पावर कम्पनीसँग भने कुल शेयरको ७१.१९ प्रतिशत अर्थात् १ करोड ७ लाख ५१ हजार ४५३ कित्ता होल्ड छ । जुन बजारमा बिक्रीका लागि आउँदै आउँदैन । किनकि बोर्डमा बुटवल पावर कम्पनी नै रहेको छ । लमजुङ इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनीसँग १.८१ प्रतिशत शेयर स्वामित्व रहेको छ । यसैगरी कर्मचारीसँग २ प्रतिशत,स्थानीयसँग १० प्रतिशत र सर्वसाधारण(कर्मचारीसहित) १५ प्रतिशत शेयर हिस्सा रहेको छ । 

न्यादीको हालको बजार स्थिति

न्यादी हाइड्रोपावरले पछिल्लो समय सेयर बजारमा राम्रो प्रदर्शन गरिरहेको छ। पछिल्ला दुई महिनामा यसको मूल्य उल्लेख्य रूपमा वृद्धि भएको छ। आज सोमबार मात्रै पनि न्यादीको सेयर १० प्रतिशत वृद्धि भई रु. ८१४ मा कारोबार बन्द भएको छ। आजको कारोबारमा १ लाख ७० हजार ८४० कित्ता सेयर खरिदबिक्री भएको थियो।

गत मंसिरमा एनएमबी बैंक र एनएमबी क्यापिटलले घरदैलोमै गएर शेयर सचेतनाका साथै डिम्याट गराएको र यही फागुन २–५ गते पुनः पूँजीबजार सम्बन्धी सचेतना तथा छलफल कार्यक्रमका साथै डिम्याट हुन केही बाँकी शेयर प्रमाणपत्रहरु भए कार्यक्रममा सहभागी हुन न्यादी हाइड्रोपावरले आज माघ २८ गते जारी गरेको सूचना । यही सूचनालाई गिरोहहरुले १५ लाख डिम्याट हुन बाँकी भन्दै अफवाह फैलाइरहेका छन् । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।