‘सिएचडिसी ३ हजार पुग्छ’

अर्थबिट २०८१-११-०९ ०८:४८:०० बजे

काठमाण्डौ । धितोपत्र बजारमा सक्रिय लगानीकर्ता दुर्गा प्रसाद काफ्लेले सिइडिबी होल्डिङ्गस लिमिटेड ( सिएचडिसी) को मूल्य ३ हजार रुपैयाँ पुग्ने दाबी गरेका छन् । 

विगत धेरै वर्षदेखि शेयर बजारमा सक्रिय हाल बेलायतमा बस्दै आएका लगानीकर्ता दुर्गा प्रसाद काफ्लेले सिइडिबी होल्डिङ्गस ( सिएचडिसी) को मूल्य ३ हजार रुपैयाँ पुग्ने दाबी गरेका हुन् । 

काफ्ले आफ्नो फेसबुक वाल र शेयर मार्केट अफ नेपाल नामक फेसबुक ग्रुपमा स्टाटस राख्दै यस्तो दाबी गरेका हुन् । 

फेसबुकमा काफ्ले लेख्छन्,‘विष्णु सुवेदी दाइले कसैलाई नभन भनेर भनेको, CHDC 3000 पुग्छ रे । कसैलाई भनेको छैन हैन लेखेको मात्रै हो । बोलीको पक्का हो म । ’ उनले यत्ति लेखिसकेपछि  हाँसेको इमोजीसमेत पोस्ट्याएका छन् ।

लगानीकर्ताको काफ्लेको स्टाटस : 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।