नयाँ वर्षमा बससेवाको महाअफर : ८२ वटा फ्री टिकटदेखि बम्परमा ८२ हजार नगदसम्म

अर्थबिट २०८१-१२-२५ ०९:४१:०० बजे

काठमाण्डौ । सार्वजनिक बसको नेपालको एक मात्र अनलाइन टिकेटिङ प्लेटफर्म बससेवाले नयाँ वर्ष अफर सार्वजनिक गरेको छ । नयाँ वर्ष २०८२ सालको अवसरमा विभिन्न अफर ल्याइएको कम्पनीले जनाएको छ ।

बससेवाको नयाँ वर्ष अफर चैत २४ गतेदेखि ६ वैशाखसम्म लागू हुनेछ । यस अवधिमा बससेवामार्फत बसको टिकट काट्ने यात्रुहरू यस योजनामा सहभागी हुन सक्नेछन् । अफरको बम्पर उपहारस्वरूप एक जना भाग्यशाली विजेताले ८२ हजार रुपैयाँ नगद उपहार पाउनेछन् ।

यसैगरी, ४ जना विजेताले ८ हजार २०० रुपैयाँ नगद जित्न सक्ने बससेवाले जनाएको छ । यस्तै, अफर अवधिभरमा टिकट काट्नेमध्ये ८२ जनाले निःशुल्क टिकट प्राप्त गर्नेछन् भने हरेक टिकट बुकिङमा ५०० रुपैयाँसम्मको क्यासब्याक अफर राखिएको छ । अर्थात, हरेक टिकट काट्दा अधिकतम ५०० रुपैयाँसम्म नगद तत्कालै यात्रुको वालेटमा फिर्ता आउनेछ ।

नगद उपहार र निःशुल्क टिकट योजनामा एउटा एकाउन्टबाट काटिएको एउटा टिकट मात्र समावेश हुनेछ । यस अफरमा सहभागी हुन बससेवाको मोबाइल एप अथवा वेबसाइटमार्फत टिकट काट्नुपर्ने कम्पनीले जनाएको छ । 

कसरी काट्ने टिकट ?

मोबाइल एप ‘बससेवा’मा लगइन गरेपछि यात्रुले आफ्नो गन्तव्य, यात्रा मिति र समय छनोट गरी विभिन्न गन्तव्यका बसको सिट बुक गर्न सक्छन् । अथवा, वेबपोर्टलमार्फत कुनै ब्राउजरमा बससेवा डटकमबाट पनि टिकट काट्न सकिन्छ । निलो रङ लागेको सिट खाली भएको संकेत हुनाले त्यसमध्ये आफूलाई पायक पर्ने सिट छानेर अनलाइन माध्यमबाट भुक्तानी गरेपछि टिकट बुक हुन्छ । बससेवाले एसएमएसबाट पनि टिकट सुनिश्चित भएको जानकारी गराउँछ । त्यसपछि प्राप्त हुने टिकट सुरक्षित राखेर त्यही देखाएर बसमा यात्रा गर्न सकिन्छ वा टिकट काटेको सुनिश्चित भएको एसएमएस पनि देखाउन सकिन्छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।