बलेफीले हलचल मच्चायो , करिब ४३ करोडको शेयर खरिदबिक्री

अर्थबिट २०८२-०१-०३ ०५:०३:०० बजे

काठमाण्डौ । मंगलबार बलेफी हाइड्रोपावर लिमिटेड(बीएचएल)ले टप टर्नओभर,टप भोल्युम र टप ट्रान्जेक्सन गरी ३ वटै विधामा सर्वाधिक रेकर्ड कायम गर्र्दै ह्याट्रिक गरेको थियो । एकैदिन ८६ लाख ७८ हजार २२५ कित्ता शेयर खरिदबिक्रीको ऐतिहासिक रेकर्ड राखेको कम्पनीको मूल्य मंगलबार १० प्रतिशत घटेकोमा आज बुधबार भने १० प्रतिशतले नै बढेको छ । 

बलेफीको बुधबार मात्रै ३ हजार ८८९ पटकमा १८ लाख १६ हजार ८९ कित्ता शेयर रु. ४२ करोड ८७ लाख ७४ हजार ३५७.४० बराबरको कारोबार भएको छ ।

मंगलबार बलेफी हाइड्रोपावर लिमिटेड(बीएचएल)को शेयरमूल्य १० प्रतिशतले घटेर रु. २२९.७० कायम भएको थियो बुधबार भने सो कम्पनीको मूल्य १० प्रतिशतले नै बढेर रु. २५३.५०  कायम भएको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।