शेयर बजारको असली धुरधंर कम्पनीहरुको पुनः कमब्याक !

अर्थबिट २०८२-०१-०९ ०५:४५:०० बजे

काठमाण्डौ । शेयर बजार पछिल्लो समय लगभग साइडवेज अवस्थामा छ । बजारको उत्तारचढाव त छँदैछ तर नेप्से परिसूचक २७ सय विन्दू सेरोफेरोमै रुमलिरहेको देखिन्छ । बजारको घटबढ सामान्य रुपमा चलिरहँदा केही स्टकहरुको प्रदर्शन भने राम्रो छ । 

केही समय अघि २ रिइन्स्योरेन्स कम्पनीको मूल्य बढ्नमा लिगलिगे दौड नै हुन्थ्यो । बजार मूल्यका हिसाबले भने पछिल्लो समय नेपाल रिइन्स्योरेन्स कम्पनी(एनआरआइसी) अघि छ । यस्तै हिमालयन रिइन्स्योरेन्स कम्पनी(एचआरएल) पनि पछ्याउँदैछ । 

केही साताअघि एनआरआइसीको शेयरमूल्य १४ सय रुपैयाँ नजिक पुग्यो । त्यसपछि ओरालो लागेको कम्पनीको मूल्य मंगलबार १२ सय २५ सम्म ओर्लियो तर आज नै  सो कम्पनीको मूल्य रु.५९ ले वृद्धि भई १३ सय ८ रुपैयाँ कायम हुन पुगेको छ । मंगलबार कारोबार हुँदा उक्त कम्पनीको मूल्य अधिकतम रु. १३ सय २० सम्म पुगेको थियो । मंगलबार कम्पनीको २ लाख ८० हजार ६५२ कित्ता ३५ करोड ६४ लाख ६९ हजार रुपैयाँ हाराहारीको कारोबार भएको थियो । 

केही सातअघि अर्को एचआरएलको शेयरमूल्य ११ सय ६० पुग्यो । त्यसपछि ओरालो लागेको कम्पनीको मूल्य मंगलबार ९८१ सम्म ओर्लियो तर आज नै  सो कम्पनीको मूल्य रु.२४ ले वृद्धि भई १ हजार १७ रुपैयाँ कायम हुन पुगेको छ । मंगलबार कारोबार हुँदा उक्त कम्पनीको मूल्य अधिकतम रु. १ हजार २९ सम्म पुगेको थियो । मंगलबार कम्पनीको ३ लाख ६३ हजार ५१२ कित्ता ३६ करोड ४८ लाख ६५ हजार रुपैयाँ हाराहारीको कारोबार भएको थियो ।

चेतावनी : यो समाचारले तपाईं उत्तेजित हुन सक्नुहुन्छ । शेयर बजार जोखिमले भरिपूर्ण भएकाले स्वविवेकमा लगानी गर्न आग्रह गर्दछौँ ।

सावधान : यहाँ प्रदान गरिएको जानकारी केबल जानकारीको लागि मात्र दिइएको छ । यहाँ यो उल्लेख गर्न जरुरी छ कि बजारमा लगानी बजार जोखिमको अधीनमा हुन्छ । लगानीकर्ताको रूपमा पैसा लगानी गर्नु अघि सधैं विशेषज्ञको सल्लाह लिनुहोस् ।  अर्थबिट डटकम यहाँ कसैलाई पैसा लगानी गर्न सल्लाह दिदैन। स्वविवेक र स्वअध्ययनमा लगानी गर्न आग्रह गर्दछौं ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।