सिटी होटलको मूल्य सस्तियो , सस्तोमा किन्न तम्सिदा बेहोर्नुपर्ला ठूलो घाटा

अर्थबिट २०८२-०४-२८ ०९:२२:०० बजे

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लि.(नेप्से)ले सिटी होटल लि.को नयाँ शेयरमूल्य निर्धारण गरेको छ । 

सिटी होटल लि.को ८० प्रतिशत हकप्रद शेयर जारी गर्न बुक क्लोज गरेसँगै सोमबार नेप्सेले उक्त कम्पनीको नयाँ शेयरमूल्य निर्धारण गरेको हो । 

मूल्य समायोजन भएपश्चात् आज मंगलबारबाट उक्त कम्पनीको रु. ५७८.४२ बाट कारोबार सुरु हुने नेप्सेले जानकारी दिएको छ । सोमबारको अन्तिम कारोबार मूल्य रु.९६१.१५ लाई आधार बनाई नेप्सेले नयाँ शेयरमूल्य निर्धारण गरेको हो ।

कस्तो छ कम्पनी ?

कम्पनीले प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार नेटवर्थ ७९.९४ रुपैयाँ मात्रै रहेको छ । रु. १०.८३  नेगेटिभ इपीएस रहेको कम्पनीको शेयरमूल्य जस्टिफाई नै छैन । ८० रुपैयाँ हाराहारी मात्रै नेटवर्थ रहेको कम्पनीले जारी गर्ने हकप्रद शेयरको मूल्य १०० रुपैयाँ तिर्नसमेत वित्तीय अनुशासनभन्दा बाहिरको कुरा हो । सर्वसाधारणको ३० लाख कित्ता हाराहारी शेयर दोस्रो बजारमा कारोबार हुँदा कर्नरिङ्ग भई मूल्य उचालिएको हो ।

अब खरिद गर्ने कि बेच्ने ?

कम्पनीले जारी गर्न लागेको ८० प्रतिशत हकप्रद शेयरमा सहभागीहरुले हिजै सोमबार सिटी होटलको शेयर खरिद गर्ने अन्तिम दिन रहेको थियो । बढ्दो बजारमा  हकप्रद शेयरबाट नाफा हुन्छ भन्ने मान्यतामा आधारित भई कतिपय लगानीकर्ताहरु हकप्रद शेयर जारी गर्ने कम्पनीका शेयरमा लालयित हुने परिपाटी छ । तर हकप्रद शेयर जारी गरेर नेप्सेले मूल्य समायोजनपश्चात् मूल्य कम हुने र केही दिन पोजिटिभ सर्किट लाग्ने आशामा समेत शेयर खरिदबिक्री हुने गर्दछ । तर पोजिटिभ सर्किट नै लाग्ने भन्ने चाहिँ ग्यारेन्टी हुँदैन । तथापि हकप्रदमा आवेदन दिन योग्य लगानीकर्ताहरुले यदि पोजिटिभ सर्किट लागेमा बढेको मूल्य जति चाहिँ नाफा नै हुने भएकाले उक्त शेयर बिक्री गर्छन् ।

त्यसैले बजारको गतिविधि ,परिस्थितिलाई नजिकैबाट नियालेर विश्लेषण गर्न जरुरी हुन्छ । सस्तो भयो भन्दैमा महँगो मूल्यमा खरिद गर्नुभन्दा केही दिन पर्खन नै उत्तम हुन्छ । उसो त अहिले बजार समेत ओरालो लागिरहेका कारण मूल्य बढ्ने सम्भावना क्षीण छ,यसैकारण समायोजनपछि शेयर खरिद गर्दा महँगोमा परियो भने ठूलो घाटा हुने सम्भावना पनि रहन्छ । यद्यपि यी सबै बजारको माग र आपूर्तिमा निर्भर भने रहेको हुन्छ ।

चेतावनी : यो समाचारले तपाईं उत्तेजित हुन सक्नुहुन्छ । शेयर बजार जोखिमले भरिपूर्ण भएकाले स्वविवेकमा लगानी गर्न आग्रह गर्दछौँ ।

 

सावधान : यहाँ प्रदान गरिएको जानकारी केबल जानकारीको लागि मात्र दिइएको छ । यहाँ यो उल्लेख गर्न जरुरी छ कि बजारमा लगानी बजार जोखिमको अधीनमा हुन्छ । लगानीकर्ताको रूपमा पैसा लगानी गर्नु अघि सधैं विशेषज्ञको सल्लाह लिनुहोस् ।  अर्थबिट डटकम यहाँ कसैलाई पैसा लगानी गर्न सल्लाह दिदैन। स्वविवेक र स्वअध्ययनमा लगानी गर्न आग्रह गर्दछौं ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।