काठमाण्डौ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र एनआईसी एशिया क्यापिटल लिमिटेडबीच शेयर रजिष्ट्रार नियुक्ती गर्ने सम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ ।
‘उक्त शेयर रजिष्ट्रार सेवा अन्तर्गत उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको नेपाल स्टक एक्सचेन्ज/सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड मार्फत कारोवार भई आएका शेयरहरुको अभिलेख राख्ने, दाखिल खारेज गर्ने, शेयरधनी लगत अध्यावधिक गरि राख्ने लगायतका शेयर रजिष्ट्रारसँग सम्बन्धी सम्पूर्ण कार्यहरु यही भाद्र १२ गते बिहीबारदेखि एनआईसी एशिया क्यापिटल लिमिटेड, ट्रेड टावर नेपाल, थापाथली ११, काठमाण्डौ मार्फत हुने व्यहोरा सम्पूर्ण शेयरधनी महानुभावहरु लगायत सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’, क्यापिटलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।