पौने ४ अर्ब बीमा दाबीको १.१२ करोड मात्रै भुक्तानी

अर्थबिट २०८२-०८-१२ ०७:१४:०० बजे

काठमाण्डौ । देशमा गत असोज १८ गते यताको अविरल बर्षा तथा बाढी पहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिको हालसम्ममा परेका ७४४ वटा प्रारम्भिक बीमा दाबीको कूल करिव रू. ३ अर्ब ७७ करोड ४२ लाख दाबी रकममध्धे हालसम्ममा करिव रू. १ करोड १४ लाख बीमितहरुलाई भुक्तानी भएको छ ।

‘विभिन्न १३ वटा निर्जीवन बीमा कम्पनी र २ वटा लघु निर्जीवन बीमा कम्पनीबाट प्राप्त अद्यावधिक जानकारी अनुसार, निर्जीवन बीमा कम्पनीहरुबाट सम्पत्ति बीमा तर्फ ४०५ वटा दाबीको दाबी रकम करिव रु. ३ अर्ब २१ करोड ५० लाखमध्ये करिव रु. ६४ लाख, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ १०४ वटा दाबीको करिव रु. ४७ करोड ६६ लाखमध्ये करिव रु. १ लाख ५४ हजार, कृषि तथा बाली बीमातर्फ २१० वटा दाबीको करिव रु. ४ करोड १४ लाखमध्ये करिव रु. १ लाख र मोटर बीमा (निजी) तर्फ ४० वटा दाबीको करिव रु. २ करोड ८२ लाखमध्ये करिव रु. ४८ लाख बीमितलाई भुक्तानी भएको छ ।’,बीमा प्राधिकरणद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

प्राधिकरणका अनुसार मोटर बीमा (सार्वजनिक) तर्फ १० वटा दाबीको करिव रु. १ करोड ८ लाख, अन्य बीमातर्फको २ वटा दाबीको करिव रु. १२ र सामुद्रिक बीमातर्फ ३ वटा दाबीको करिव रु. १० को बीमा दाबी भुक्तानी शुरु भएको छैन ।

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।