पुनर्बीमा कम्पनीबाट बीमकहरूलाई करिव रू. २.५१ अर्ब अग्रिम सहित दाबी भुक्तानी

अर्थबिट २०८२-०८-१२ ०७:१९:०० बजे

काठमाण्डौ । हालैको जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा परेको कूल ३ हजार २५५ वटा बीमा दाबीको करिव रू. २३ अर्ब ४३ करोड ४१ लाख दााबी रकममध्ये हालसम्ममा अग्रिम भुक्तानी समेत गरी करिव रू. ४ अर्ब २ करोड दाबी रकम बीमितहरूलाई भुक्तानी भएको छ ।

प्राधिकरणमा निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्क अनुसार, कम्पनीहरूबाट अग्रिम भुक्तानी समेत गरी भुक्तानी भएको कूल दाबी रकममध्ये सम्पत्ति बीमातर्फ ६९५ वटा दाबीको दाबी रकम करिव रू. १९ अर्ब ३ करोड ४१ लाखमध्ये करिव रू. ३ अर्ब ९ करोड ४७ लाख र मोटर बीमातर्फ २ हजार २९५ वटा दाबीको दाबी रकम करिव रू. ३ अर्ब ४४ करोड १० लाखमध्ये करिव रू. ८४ करोड ८५ लाख भुक्तानी भएको छ ।

यसैगरी, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ २०९ वटा दाबीको करिव रू. ५५ करोड ४ लाख दाबी रकममध्ये करिव रू. ६ करोड ६९ लाख, परिवहन बीमातर्फ १२ वटा दाबीको करिव रू. १ करोड ६९ लाख दाबी रकममध्ये करिव रू. ४८ लाख र अन्य बीमातर्फ ४४ वटा दाबीको करिव रू. ३९ करोड १८ लाख दाबी रकममध्ये करिव रू. ३९ लाख अग्रिम भुक्तानी समेत गरी दाबी रकम भुक्तानी भएको छ ।

पुनर्बीमा कम्पनीबाट बीमकहरूलाई करिव रू. २ अर्ब ५१ करोड ७९ लाख अग्रिम सहित दाबी भुक्तानी जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई करिव रू. २ अर्ब ५१ करोड ७९ लाख अग्रिम भुक्तानी सहित दाबी गरेको छ ।

नेपाल पुनर्बीमा कम्पनीमा परेको कूल २ हजार ८६० वटा पुनर्बीमा दाबीको दाबी रकम करिव रू. १५ अर्ब ८१ करोड रहेको अद्यावधिक तथ्याङ्क रहेको छ ।

 

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।