‘बिना योजना शेयर कारोबार गर्नु भनेको जुवा नै हो’

अर्थबिट २०८२-०८-१५ ०७:४९:०० बजे

Symbolic Picture

काठमाण्डौ । शेयर बजारमा जति ग्ल्यामर छ त्यत्ति नै जोखिम पनि । बजारमा करोडौं पैसा ल्याएर शेयर कारोबार गर्दा अन्तमा केही लाख रुपैयाँ मात्रै हातमा पर्न पनि सक्छ ।

शेयर बजार सबैका लागि होइन । यो त अनुशासन र जोेखिम व्यवस्थापनको खेल पनि हो । ट्रेड गर्दा जत्ति रमाइलो र रोमाञ्चकता हुन्छ, अन्धाधुन्ध गरिएको कारोबारले घाटाको चुली पनि त्यत्ति नै बढाइरहेको हुन्छ । 

१. एकैपटकमा सबै पैसाको शेयर नकिन्ने

आफूसँग रहेको सबै पैसा एकैचोटि एउटै ट्रेडमा नखन्याउनुस् । जोखिम व्यवस्थापन नै असली जीत हो । 

२. मार्केटसँग कहिल्यै नलड्ने

मार्केटसँग कहिल्यै पनि नलड्नुस् । बजारको सधैं सम्मान गर्नुस् । ट्रेण्डको बर्खिलाप जानु भनेको घाटालाई निमन्त्रणा गर्नु हो । 

३. स्पष्ट योजना

हरेक ट्रेडको स्पष्ट योजना हुनुपर्दछ । प्रवेश र बहिगर्मन कहाँ र कहिले गर्ने अनि स्टप लस कहाँ गर्ने आदि विषयमा स्पष्ट योजना बनाउनुहोस् । बिना योजना ट्रेड गर्नु भनेको जुवा नै हो । 

४. लालच त्याग्ने

थोरै नाफा पनि नाफा नै हुन्छ । बजारले सधैं मौका दिन्छ तर भाग्य होइन ।

५. अधिक ट्रेड

१ दिनमा २ देखि ३ वटा पर्फेक्ट ट्रेड निकै काफी हुन्छ ।  बजारमा एक्युरिसीले पैसा कमाइन्छ ,फ्रिक्वेन्सीले होइन । 

६. भावनामाथि नियन्त्रण

तपाईंको मन र भावनालाई ढोका बाहिर नै छाडिदिनुस् । रिस, डर, उत्तेजना यी तिनै तपाईंको बैंक खाता मौज्दातको दुश्मन हो । 

७. निरन्तर सिकाई

शेयर बजार अनन्त छ । यसकारण बजारका विषयमा सिक्न कहिल्यै नछाड्नुस् । चार्ट,प्याटर्न, मनोविज्ञान हरेक दिन बजारले केही नयाँ –नयाँ कुरा सिकाइरहेको हुन्छ । 

ट्रेडिङ्ग भाग्य होइन, यो त अनुशासनको खेल हो । नियम फलो गर्नुभयो ,घाटा पनि सिकाईमा बदलिन्छ र सिकाई नाफामा । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।