निर्जीवन बीमा कम्पनीहरुले बीमितहरूलाई कति भुक्तानी गरे?

अर्थबिट २०८२-०८-२४ ०६:४१:०० बजे

काठमाण्डौ । देशमा २०८२ साल असोज १८ गतेयताको अविरल बर्षा तथा बाढी पहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिको हालसम्ममा निर्जीवन बीमा कम्पनीहरूमा परेका कूल ७८१ वटा प्रारम्भिक बीमा दाबीको कूल करिव रू. ४ अर्ब ४ करोड प्रारम्भिक दाबी रकममध्ये हालसम्ममा कूल ६७ वटा दाबीको कूल दाबी रकम करिव रू. १ करोड ८८ लाख बीमितहरूलाई भुक्तानी भएको छ ।

विभिन्न १३ वटा निर्जीवन बीमा कम्पनी र २ वटा लघु निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्क अनुसार, निर्जीवन बीमा कम्पनीहरूबाट सम्पत्ति बीमातर्फ ४१० वटा दाबीको दाबी रकम करिव रू. ३ अर्ब ४५ करोड ३५ लाखमध्ये कूल २० वटा बीमा दाबीको करिव रू. ८३ लाख, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ १०६ वटा बीमा दाबीको करिव रू. ५० करोड ३७ लाखमध्ये कूल ६ वटा दाबीको करिव रू. २ लाख, कृषि तथा बाली बीमातर्फ २१० वटा बीमा दाबीको करिव रू. ४ करोड १४ लाखमध्ये कूल ३१ दाबीको करिव रू. १३ लाख र मोटर बीमा (निजी) तर्फ ४० वटा बीमा दाबीको करिव रू. ३ करोडमध्ये कूल ९ वटा दाबीको करिव रू. ८७ लाख बीमा दाबी रकम बीमितलाई भुक्तानी भएको छ ।

यसैगरी, सामुद्रिक बीमातर्फ ३ वटा बीमा दाबीको करिव रू. १० लाख बीमा दाबीमध्ये एउटा दाबीको करिव रू. ३ लाख दाबी रकम बीमितलाई भुक्तानी भएको छ भने मोटर बीमा (सार्वजनिक) तर्फ १० वटा दाबीको करिव रू. १ करोड ८ लाख र लघुबीमातर्फ २ वटा दाबीको करिव रू. १२ लाख बीमा दाबी रकम भुक्तानी हुन बाँकी रहेको अद्यावधिक तथ्याङ्क रहेको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।