काठमाण्डौ । अघिल्लो साता देखिएको हाइड्रोको चार्म यो सातादेखि भने सुस्त बनेको छ । नाफा बुकिङ्गका कारण हाइड्रो सेक्टर अब केही दिन सुस्त हुन लागेको हो ।
हाइड्रोपावर उपसमूहको सूचक ३५ सय ७० रहेको छ । हायर हाई हायर लो बनाउँदै बुलिस स्ट्रक्चर बनाएको यो उपसमूहमा मूल्य ट्रेण्डलाइन माथि नै रहेको छ । छोटो समयका लागि पुलब्याक र कन्सोलिडेसन भएको देखिन्छ ।
ब्रेकआउटपछि हाइड्रो सूचकले ३६ सय ६० आसपास रिजेक्सन खाएको छ । अहिले ३५ सय ७० देखि ३६ सयमा कन्सोलिडेसन छ । ट्रेण्डलाइन सपोर्ट नटुटेसम्म ट्रेण्ड बुलिस नै छ ।
आरएसआई ६२.५ छ । ५० माथि बुलिस मोमेन्टम नै कायम हुनेछ । ओभरबाउट नभएकाले अझै माथि नै जाने सम्भावना छ ।
म्याकडीमा हिस्टोग्राम पोजिटिभ छ । मोमेन्टम अझै बुलकै पक्षमा छ । तर स्पीड भने अलिक कम भएको हो ।
ब्रेकआउट फेजमा भोल्युम राम्रै थियो । अहिले पुलब्याकमा भोल्युम घटेको छ । जुन स्वस्थ्य करेक्सन पनि हो ।
हाइड्रोले ३५ सय ५० को सपोर्ट बनाएको छ । ३४ सयसम्म नझर्ला पनि भन्न सकिन्न । ३२ सय ७५ आसपास ठूलो डिमाण्ड जोन रहेको छ ।
हाइड्रोको सूचकले ३६ सय ६० को रेसिस्टेन्स लेभल बनाएको देखिन्छ ।
यदि ३५ सय ५० माथि होल्ड भएमा केही दिन कन्सोलिडेसन पछि ३६ सय ६० ब्रेक गर्ने सम्भावना छ ।
तर यदि ३५ सय ५० ब्रेकडाउन गरेमा भने ३४ सय हुँदै ३२ सय ७५ सम्म आउने सम्भावना रहन्छ । तर यो ट्रेण्ड रिभर्सल होइन केबल पुलब्याक मात्रै हो ।
समग्रमा हाइड्रोपावर सूचक बुलिस ट्रेण्डमै छ । अहिलेको गिरावट नाफा बुकिङ्ग हो । साथै कन्सोलिडेसन फेज पनि हो ।
यदि ३६ सय ८० माथि ब्रेकआउट भए र्याली मास्तिर नै जानेछ । ३५ सय ५० तल नझरेसम्म प्यानिक हुन भने जरुरी छैन ।
अबको रणनीति
पुलब्याकमा बलिया हाइड्रो कम्पनीका शेयर एकुमुलेट गर्ने तर ब्रेकआउटमा लहडमा भने दौडिन आवश्यक छैन ।
चेतावनी – यो समाचारले तपाईं उत्तेजित हुन सक्नुहुन्छ । शेयर बजार जोखिमले भरिपूर्ण भएकाले स्वविवेकमा लगानी गर्न आग्रह गर्दछौँ ।
सावधान – यहाँ प्रदान गरिएको जानकारी केबल जानकारीको लागि मात्र दिइएको छ । यहाँ यो उल्लेख गर्न जरुरी छ कि बजारमा लगानी बजार जोखिमको अधीनमा हुन्छ । लगानीकर्ताको रूपमा पैसा लगानी गर्नु अघि सधैं विशेषज्ञको सल्लाह लिनुहोस् । अर्थबिट डटकम यहाँ कसैलाई पैसा लगानी गर्न सल्लाह दिदैन। स्वविवेक र स्वअध्ययनमा लगानी गर्न आग्रह गर्दछौं ।