नेपालमै पहिलो पटक असोज ६ गतेदेखि ‘नाडा इभी एक्स्पो’ हुँदै,टिकट खरिदमा खल्तीद्वारा २५ प्रतिशत क्यास ब्याकको अफर
काठमाण्डौ।नाडा अटोमोवाइल्स् एशोशियसन अफ नेपालद्वारा यही असोज ६ देखि ९ गते सम्म नेपालमा पहिलो पटक विद्युतीय सवारी साधन, पार्ट पुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको भव्य प्रदर्शनी ‘सिएट द्वारा प्रायोजित नाडा इभी एक्स्पो २०२२’ आयोजना गरिने भएको छ ।
काठमाण्डौको भृकुटी मण्डप प्रदर्शनी स्थलमा आयोजना हुने उक्त एक्स्पोमा नेपाल विद्युत...