पहिलो पटक नाडा इभि एक्सपो २०२२ हुँदै

अर्थबिट ०५:३५:०० बजे

काठमाण्डौ।नाडाका अध्यक्ष धु्रव थापाको अध्यक्षतामा आज बसेको नाडाको ंकेन्द्रीय कार्य समितिको आठौ बैठकले पहिलो पटक नाडा इभि एक्सपो २०२२ गर्ने निर्णय गरेको छ । 

उक्त इभि एक्सपो आगामी असोज ६ गते देखि ९ गतेसम्म काठमाण्डौको भृकुटी मण्डप प्रदर्शनी हलमा हुन लागेको हो । सरकारले कार, जीप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध आउँदो भाद्र १४ गतेसम्मको लागि विस्तार गरे पछि नाडाले इभि एक्सपो २०२२ गर्ने निर्णय गरेको जनाएको छ । 

नाडाले सन् १९९८ देखि नाडा अटो एक्सपो गर्दे आएको छ । २०७९ भाद्र १ गते देखि ५ गतेसम्म स्टल बुकिङ्कका लागि सूचना समेत प्रकाशित गरिने नाडा अटो एक्सपो समितिका सभापति अनुप बरालले जानकारी दिए । नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतिले सम्बन्धित सवैलाई उक्त एक्सपोमा सहभागिताका लागि अनुरोध गर्दे सवैबाट आवश्यक सहयोगको लागि आग्रह समेत गरे । 

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।