फर्स्ट माइक्रोफाइनान्सको १५ प्रतिशत लाभांश घोषणा, शेयरधनीले नगद मात्रै झण्डै पौने ९ करोड रुपैयाँ पाउने
काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।
कम्पनीको मङ्सिर १३ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस शेयर र ७.५ नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। जसअनुसार ७.५ प्रतिशत हुने...