काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा २ कम्पनीको २७ लाख बढी कित्ता शेयर सूचीकृत भएको हो ।
नेप्सेमा फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयर सूचीकृत भएको हो ।
फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ७.५ प्रतिशतले हुन आउने ८ लाख ६० हजार ८०९ दशमलव चार छ कित्ता र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ५ प्रतिशतले हुन आउने १८ लाख ७५ हजार कित्ता बोनस शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।
यसरी यी २ कम्पनीको कुल २७ लाख ३५ हजार ८०९ दशमलव चार छ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।