फर्स्ट माइक्रोफाइनान्सको १५ प्रतिशत लाभांश घोषणा, शेयरधनीले नगद मात्रै झण्डै पौने ९ करोड रुपैयाँ पाउने

अर्थबिट २०८०-०८-१४ ११:१६:०० बजे

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । 

कम्पनीको मङ्सिर १३ गते बुधबार  बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस शेयर र ७.५ नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। जसअनुसार ७.५ प्रतिशत हुने बोनस शेयर लाभांश रु.८ करोड ६० लाख ८० हजार ९४६ र ७.५ प्रतिशतले हुने नगद लाभांश रु.८ करोड ६० लाख ८० हजार ९४६ वितरण हुनेछ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब १४ करोड ७७ लाख ४५ हजार ९ सय ५६ रुपैयाँ रहेको छ। 

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी वार्षिक वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ। 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।