राष्ट्र बैंकको अनुगमनमा ७ लाख रुपैयाँभन्दा बढी नगदमा भएका कारोबार
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ७ लाख रुपैयाँभन्दा बढी नगदमा भएका कारोबारको अनुगमन गर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूसँग रु. सात लाख वा सोभन्दा बढी नगदमा भएका कारोबारहरूको सम्पूर्ण विवरण उपलब्ध गराउन पत्राचार गरेको छ ।
केन्द्रीय बैंकले ‘क’ वर्गका सबै बैंकलाई एक साताभित्र कारोबार गर्नेको नाम, खाता नम्बर, कारोबारको मिति र टिप्पणीसहित बैंक...