राष्ट्र बैंकको सर्कुलरले क्रेडिट क्रन्चको भयावह अवस्थालाई थप टेवा

अर्थबिट २०७८-११-११ ०९:०३:०० बजे

काठमाण्डौ। नेपाल राष्ट्र बैंकले गत बिहीबार चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्द्धवार्षिक समीक्षा गर्दै केही ऋणको जोखिम भार पुनरावलोकन गर्ने घोषणा गरे अनरुप सर्कुलरमा जोखिम भार बढाएको छ । 

यद्यपि राष्ट्र बैंकले आगामी असारदेखि मात्रै यो नीति लागू गर्ने भएको छ।  यसपालीको स्थायी तरलता सुविधा ९एसएलएफ० को ब्याज त निर्देशन नल्याउँदै कार्यान्वयन गरिसकेको थियो।

आज बुधबार राष्ट्र बैंकले निर्देशन जारी गर्दै  घोषणा गरिएका कर्जाहरुको जोखिम भार बढाएको छ। आयातका लागि लिइने ट्रस्ट रिसिटदेखि, सेयर धितो, गाडी, रियल इस्टेटलगायत ऋणमा जोखिम भार बढाएको छ। राष्ट्र बैंकले शतप्रतिशतसम्म जोखिम भार बढाएको छ।

मार्जिन प्रकृतिको ऋण अर्थात सेयर धितोमा लिइने कर्जामा हाल १०० प्रतिशत जोखिम भार रहेकोमा बढाएर १५० प्रतिशत पुर्याइएको छ। 

व्यक्तिगत अधिविकर्षमा ७५ प्रतिशत जोखिम भार छ। यसलाई शतप्रतिशतले बढाएर १५० प्रतिशत पुर्याइएको छ।

ट्रस्ट रिसिटमा एक करोड रुपैयाँ तलको ७५ प्रतिशत जोखिम भार लाग्ने अहिलेको व्यवस्था छ। एक करोडभन्दा माथिको हकमा कर्पोरेट ऋण ब्याख्या गरेर शतप्रतिशत जोखिम भारको ब्यवस्था गरिएको छ। यसलाई बढाएर १२० प्रतिशत पुर्याइएको छ।

यसैगरी फर्म कम्पनीले प्लटिङ गर्नका लागि लिएको ऋणको जोखिम भार सय प्रतिशत रहेकोमा यसलाई बढाएर १५० प्रतिशत पुर्याइएको छ।

हायर पर्चेजमा अहिले एक करोडसम्मको ऋणमा ७५ प्रतिशत जोखिम भारको व्यवस्था छ। फर्म कम्पनीले किनेको छ भने सय प्रतिशत जोखिम भार पर्छ। अब यसलाई बढाएर १५० प्रतिशत पुर्याइएको छ।

नेपाल राष्ट्र बैंकले पछिल्लो समय क्रेडिट क्रन्चको भयावह अवस्थालाई थप टेवा पुर्याएको बजारवृत्तमा चर्चा हुन थालेको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।