एचआइडीसीएल अब राष्ट्र बैंकको नियमनमा

अर्थबिट ११:५५:०० बजे

काठमाण्डौ। हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) अब नेपाल राष्ट्र बैंकको नियामकीय दायरामा आएको छ । जलविद्युत कम्पनीमा ऋण लगानी गर्ने र त्यससँग सम्बन्धित क्षेत्रको पूर्वाधार विकासमा मात्र लगानी गर्ने गरी सरकारको अग्रसरतामा स्थापित यो कम्पनीले धेरै समयदेखि राष्ट्र बैंकको दायरामा आउन कोशिस गरिरहेको थियो ।

 

राष्ट्र बैंकको दायरामा आएसँगै सहवित्तियकरणमा अन्य बैंक तथा वित्तीय संस्थाहरुसँगै आयोजनाहरुमा लगानी गर्न सजिलो हुने बताइएकोछ ।

 

केन्द्रीय बैंकले एक सूचना प्रकाशित गरी बैंक तथा वित्तीय संस्थाको ऋण असुली ऐन २०५८ को दफा ३(घ) बमोजिम एचआइडीसीएललाई उक्त ऐनको व्यवस्था लागू हुने वित्तीय संस्थाको रुपमा तोकिएको जनाएको छ । केन्द्रीय बैंकले एकिकृत निर्देशन, २०७८ को निर्देशन नं. ११ को बुँदा नं. ३.१) मा संशोधन गरी सहवित्तियकरणमा सहभागिताको लागि आवश्यक व्यवस्था गर्दै एचआइडीएसल पनि केन्द्रीय बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थासँगै सहवित्तीयकरणमा भाग लिने पाउने छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।