अबदेखि भुक्तानी प्रणाली संचालक र भुक्तानी सेवा प्रदायकहरु अन्तरआबद्धता कायम गर्नुपर्ने

अर्थबिट ०८:१८:०० बजे

काठमाण्डौ। डिजिटल भुक्तानी सेवा प्रदायक संस्थाहरुले सोही सेवा प्रदान गर्ने अन्य संस्थाको प्रणालीमा जोडिएर आफ्ना ग्राहकलाई सहजै सेवा दिनुपर्ने भएको छ। 

डिजिटल भुक्तानी प्रणालीको अन्तरआबद्दता तथा पहुँच सम्बन्धी व्यवस्थाका सम्बन्धमा सर्कुलर मार्फत नेपाल राष्ट्र बैंकले निर्देशन दिएको हो। 

राष्ट्र बैंकको निर्देशनअनुसार बिशेषगरी भुक्तानी प्रणाली सञ्चालक र भुक्तानी सेवा प्रदायकहरुले संचालन गरिरहेका मोबाइल बैंकिंङ, मोबाइल वालेट र क्युआर कोड जस्ता सेवाहरुमा सम्बन्धित संस्थाले अन्तरआबद्दता कायम गर्नुपर्नेछ। र यसका लागि सम्बन्धित संस्थाले सहमति तथा सम्झौता गर्न पाउनेछन। 

त्यस्तै राष्ट्र बैंकबाट अनुमति प्राप्त बैकले सेटलमैन्ट बैंकको रुपमा सेवा दिँदा भुक्तानी सेवा सम्बन्धि संस्थालाई भेदभाव नहुनेगरि आफ्नो संस्थामा सेटलमैन्ट खाता संचालन गर्न दिनुपर्नेछ। 

तर भुक्तानी प्रणाली तथा सम्बन्धित बैंकलाई जोखिम हुने पर्याप्त आधार देखिएको अवस्थामा बैकले सेटलमैन्ट बैंकको रुपमा काम गर्दिन भन्न पाउनेछ। तर यसका लागि पर्याप्त आधार र प्रमाण राष्ट्र बैंकलाई पेश गर्नुपर्ने हुन्छ। 

त्यस्तै भुक्तानी प्रणाली संचालक र भुक्तानी सेवा प्रदायकले अन्तरआबद्दता सम्बन्धि सेवा दिँदा सेवाग्राहीबाट आएका सूचना तथा जानकारीहरुको गोपनियता कायम राख्नुपर्नेछ। साथै, तोकिएको सेवा प्रवाह गर्दा बाहेक अन्यन्त्र त्यस्तो तथ्यांकको प्रयोग नहुने सुनिस्चितता गर्नुपर्नेछ। 

अन्तरआबद्दता सम्बन्धित व्यवस्था सम्बन्धित संस्थाहरुले अबको ६ महिना भित्र कार्यान्वयन गरिसकेको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ।  

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।