जीवन विकास लघुवित्तद्वारा बम्पर लाभांश घोषणा

अर्थबिट २०७८-११-०८ १०:३५:०० बजे

काठमाण्डौ।जीवन विकास लघुवित्तले बम्पर लाभांश घोषणा गरेको छ। 

कम्पनीको शनिवार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ७७।७८ को मुनाफा बाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । 

कम्पनीले  हालको चुक्ता पूँजीको ७० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ३.६८ प्रतिशत नगद लाभांश गरी कुल ७३.६८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । 

कम्पनीको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । 

हाल कम्पनीको चुक्ता पूँजी ६० करोड ६४ लाख रहेको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।