काठमाण्डौ।नेपाल स्टक एक्सचेन्जमा आज मंगलबार २ वाणिज्य बैंकसहित ४ कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।
आज नेप्सेमा ४ कम्पनीका कुल ३ करोड ९० लाख ७५ हजार ४ सय ४६ दशमलव ७९ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
आज प्रभु बैंकको १२ प्रतिशतले हुन आउने १ करोड ३६ लाख १६ हजार ४ सय ६८ दशमलव ७६ कित्ता बोनस सेयर , ग्लोबल आईएमई बैंकको १० प्रतिशतले हुन आउने २ करोड १६ लाख ३२ हजार ५ सय ३ दशमलव ०३ प्रतिशत बोनस सेयर , बुटवल पावरको १० प्रतिशतले हुन आउने २९ लाख ४९ हजार ६ सय ६३ कित्ता बोनस सेयर र फर्स्ट माइक्रोफाइनान्सको १० प्रतिशतले हुन आउने ८ लाख ७६ हजार ८ सय १२ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।