जीवन विकास लघुवित्तले डाक्यो एजीएम,चैत ११ गतेसम्म कायम रहने सेयरधनीले मात्र लाभांश पाउने

अर्थबिट २०७८-१२-०४ १०:१५:०० बजे

काठमाण्डौ।जीवन विकास लघुवित्तले आगामी चैत २५ गते वार्षिक साधारण सभा आह्वान गरेको छ । 

साधारणसभा कम्पनीको केन्द्रीय कार्यालय कटहरी मोरङमा बिहान १०ः३० बजेदखि सुरु हुनेछ । 

सभाले ७३.६८५ लाभांश पारित गर्ने विशेष प्रस्ताव राखेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ७०% बोनस सेयर र कर प्रयोजनको लागि ३.६८५ नगद लाभांश प्रस्ताव गरेको छ । 

लघुवित्तले अधिकृत पुँजी १ अर्ब रुपैयाँबाट २ अर्ब रुपैयाँ र जारी पुँजी ६० करोड ८४ लाख रुपैयाँबाट १ अर्ब ३ करोड रुपैयाँ पुर्याउने प्रस्ताव पारित गर्ने एजेन्डा रहेको छ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफ–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ । कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि रहेको छ । 

कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहनेछ ।  सभा गर्न यसले चैत १२ गतेदेखि चैत २५ गतेसम्म बुक क्लोज गर्नेछ । चैत ११ गतेसम्म कायम रहने सेयरधनीले मात्र लाभांश सुरक्षित गर्न र एजीएममा भाग लिन पाउनेछन् ।

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।