बजारबाट पैसा हराइरहेको बिषयमा सरकारले चासो राखिराखेको छ : अर्थमन्त्री

अर्थबिट २०७८-१२-०४ ०७:२५:०० बजे

काठमाडौ।अर्थमन्त्री जनार्दन शर्मा‘प्रभाकर’ले नागरिक लगानी कोषको लगानीयोग्य रकमलाई राष्ट्रिय पुर्वाधार परियोजनामा परिचालन गर्नुपर्ने बताएका छन ।

कोषको ३२ औं वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दैै अर्थमन्त्री शर्माले बंैक तथा वित्तीय संस्थामा रकम राख्ने कार्य अन्त्य गर्नुपर्ने बताए । 

कोष जस्तै संस्थाहरुले सिर्जना गरेको रकमलाई प्रभावकारी बनाउनुपर्ने भन्दै मन्त्री शर्माले अहिले मुलुकलाई १७/२० खर्बको लगानी जुटाउन आवश्यक रहेको जिकिर गरे । उनले  मुलुकको स्तारोन्नतिका लागि उक्त रकम आवश्यक भएकोमा जोड दिए । 

नेपाल वायु सेवा निगमलाई कोषले प्रवाह गरेको ऋmणको सम्बन्धमा मन्त्री शर्माले सरकारले जमानत बसेर लिएको ऋणको जिम्मेवारी सरकारले नै पुरा गर्ने भन्दै यसको लागि सम्बन्धित संस्थालाई पनि जिम्मेवार बनाउनु सरकारको कर्तव्य भएको बताए । 

उनले बजारबाट पैसा हराइरहेको बिषयमा सरकारले चासो राखिराखेको भन्दै निष्क्रिय रहेको पूँजीलाई लगानी गर्नुपर्ने खाँचो औल्याए । आयातमा भएको बृद्धिले शोधनान्तर स्थितिमा समस्या आएको भन्दै अर्थमन्त्री शर्माले भने,‘उत्पादनमा लगानी गर्दै निर्यातलाई सन्तुलित बनाउनु पछर्।’

कार्यक्रमलाई स्वागत गर्दै कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषले अहिले विभिन्न १२ वटा कार्यक्रममा करिब ८ लाख भन्दा बढी सहभागीहरुलाई आबद्ध गराई आफ्नो सेवा देशभर पु¥याइरहेको बताए । 

कोषको चुक्ता पूँजी ३ अर्ब २७ करोड रुपैया पुगेको छ भने चालु आर्थिक बर्षको पुस मसान्तसम्म कोषको खुद मौज्दात रकम १ खर्ब ८४ अर्ब ९० करोड रुपैया रहेको छ । यो अवधिमा कोषले १ खर्ब ८३ अर्ब ९१ करोड लगानी गरेको छ । कोषले लगानी गर्दा सुरक्षित र उच्च प्रतिफल मुखी राष्ट्रिय गौरव र प्राथमिकताका परियोजना छान्नुपर्ने बिषयलाई कोषले उच्च प्राथमिकता दिएको पनि कार्यकारी निर्देशक नेपालले बताए । 

कोषले पूँजी बजारमा संस्थागत लगानी भित्र्याउने उदेश्यले नागरिक स्टक डिलर कम्पनी स्थापना भई संचालनमा आइसकेको छ । कम्पनीमा कोषको ५१ प्रतिशत शेयर स्वामित्व रहेको छ भने पुर्नबिमा कम्पनीको १० प्रतिशत र नेपाल टेलिकमको ९ प्रतिशत शेयर स्वामित्व रहेको छ । बाँकी ३० प्रतिशत सर्वसाधारणलाई छुटयाइएको छ । नागरिक स्टक डिलर नेपालको पहिलो स्टक डिलर कम्पनीको रुपमा रहेको पनि नेपालले जानकारी दिए । 

कोषका विभिन्न कार्यहरुलाई थप व्यवस्थित गर्न कार्यविधिलाई कार्यान्वयनमा ल्याइसकेको उनको भनाई थियो । कार्यकारी निर्देशक नेपालले कोषले आवाश कर्जा बापत सहभागीलाई १५ वर्षको सुरु तलबमानको रकम वा ८० लाख रुपैया मध्ये जुन कम हुन्छ सो बराबरको रकम प्रदान गर्ने कार्य सुरु गरी सकेको धारणा राखे । उनले कोषका कार्यक्रममा पति, पत्नि दुवै सहभागी भएको भए आवाश कर्जा सीमालाई १ करोड रुपैयाँसम्म सुबिधा प्रदान गर्ने कार्य सुरु गरिसकेको जानकारी दिए । 

सो अवसरमा कोषका सञ्चालक इश्वरीप्रसाद अर्यालले कोषमा सीमित जनशक्ति रहेपनि सञ्चालन देखि कोष नाफामा गएको बताउँदै भने,‘कोषले सिमित क्षेत्रमा रहेको लगानीको अवधारणलाई विस्तार गर्नुपर्छ ।’ त्यसैगरी कोष कर्मचारी युनियनका अध्यक्ष सुरेश चालिसे र नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष देव गुरागाइले नागरिक पेन्सन योजनालाई बजेटमा समावेश गर्नुपर्ने, बजेट मार्फत कर छुटको सीमा बढाउनुपर्ने, कोष सरहकै अन्य संघ संस्थाले पाउने सुविधा कर्मचारीले पाउनुपर्ने धारणा राखे ।  कार्यक्रममा कोषले २० बर्ष सेवा पुगेका र उत्कृष्ठ कर्मचारीलाई सम्मान गरेको थियो  । 

 

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।