एनआईबीएल समृद्धि फण्ड परिपक्व भएपछि इकाइधनीहरुको बैंक खातामा पैसा जम्मा, नयाँ बन्दमुखी योजना आउँदै

अर्थबिट २०७८-१२-१४ १२:५३:०० बजे

काठमाण्डौ।नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड कोष प्रवद्र्धक रहेको तथा एनआईबीएल एस क्यापिटल लि. योजना व्यवस्थापक रही एनआईबीएल म्युचअल फण्ड अन्तर्गत सञ्चालनमा रहेको एनआईबीएल समृद्धि फण्ड १ गत पुस २२ गते परिपक्व भएको छ ।

“एनआईबीएल समृद्धि फण्ड १” ले आफ्नो इकाईधनीहरुले लगानी गरेको रकम यही चैत १३ गतेदेखि फिर्ता गरेको छ । फिर्ता भुक्तानी रकम प्रचलित कानुन बमोजिम कर कट्टा गरी इकाईधनीहरुको हितग्राही खातामा रहेकोे बैंक खातामा नै जम्मा गर्ने गरेको क्यापिटलले जानकारी दिएको छ । 

यस योजनाले १० रुपैयाँ अंकितदरका कुल १० करोड इकाईको सार्वजनिक निष्कासन गरेको थियो । योजनाको अन्तिम प्रति इकाई खुद सम्पत्ति मुल्य १२.७४ रुपैयाँ कायम भएको छ र सो अनुसारनै फिर्ता भुतmानी गरिएको छ । 

सञ्चालन अवधि ७ वर्ष रहेको यस योजनाले औषत वार्षिक १७.९९%प्रतिफल प्रदान गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा यस योजनाका इकाईधनीहरुले सर्वाधिक ३५% नगद लाभांश पाएका थिए । आर्थिक वर्ष २०७२/७३, २०७३/७४, २०७४/७५, २०७५/७६ र २०७६/७७ मा भने क्रमशः १५५, १८५, १२५, ६.५५ र १२५ नगद लाभांश लगानीकर्ताहरुले पाएका थिए ।

हाल सम्म, यस क्यापिटलले “एनआईबीएल म्युचुअल फण्ड“ अन्तर्गत तीनवटा बन्दमुखी र एक खुलामुखी म्युचुअल फण्ड योजनाहरू सञ्चालनमा ल्याइसकेको छ । साथै नयाँ बन्दमुखी योजना एनआइबीएल ग्रोथ फण्ड नेपाल धितोपत्र बोर्डमा पेश भएर प्रारम्भिक चरणमा रहेको छ ।

 

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।